चितवन । नेपाली कांग्रेस चितवनको निर्वाचन आज (शुक्रबार) हुँदै छ । उम्मेदवार मनोनयन दर्ता हिजो (बिहीबार) सकिएको थियो । दावी विरोधको समय पनि पूरा भएर उम्मेदवार फाइनल भैसकेको छ ।
जिल्ला सभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । यसअघि सभापतिमा दावी गरेका विजयराज भुसालले उम्मेदवार मनोनयन दर्ता गरेका छैनन् । संस्थापन समूहबाट मिलनबाबु श्रेष्ठ सभापतिमा उम्मेदवार बनेका छन् । श्रेष्ठले आफू संस्थापन समूहबाट उम्मेदवार बनेको बताउँछन् । सभापतिमा उत्तम जोशी, राजेश्वर खनाल, डा सूर्यकान्त घिमिरे र कैलाश कोइरालाले उम्मेदवार मनोनयन गरेका छन् ।
उपसभापतिका लागि १५ जनाको उम्मेद्वारी परेको छ । शालिक शर्मा पौडेल, सुरविर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, निलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मल कुमार श्रेष्ठ र राजीव न्यौपाने छन् ।
आज बिहान ९ बजेदेखि मतदान सुरु हुँदैछ । सभापतिको पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत कुनै उम्मेदवारले ल्याउन नसकेमा दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।

