चितवन । नेपाली कांग्रेस चितवनको भोलि निर्वाचन हुने भएको छ । आज उम्मेदवार मनोनयन दर्ता भएको छ । दावी विरोधको समय पनि पूरा भएर उम्मेदवार फाइनल भएको छ ।
जिल्ला सभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । यसअघि सभापतिमा दावी गरेका विजयराज भुसालले उम्मेदवार मनोनयन दर्ता गरेका छैनन् । संस्थापन समूहबाट मिलनबाबु श्रेष्ठ सभापतिमा उम्मेदवार बनेका छन् । श्रेष्ठले आफू संस्थापन समूहबाट उम्मेदवार बनेको बताउँछन् । सभापतिमा उत्तम जोशी, राजेश्वर खनाल, डा सूर्यकान्त घिमिरे र कैलाश कोइरालाले उम्मेदवार मनोनयन गरेका छन् ।
उपसभापतिका लागि १५ जनाको उम्मेद्वारी परेको छ । शालिक शर्मा पौडेल, सुरविर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, निलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मल कुमार श्रेष्ठ र राजीव न्यौपाने छन् ।
कुन पदमा को उम्मेदवार ?


