चितवन । पटकपटक स्थगित हुँदै आएको कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशन आज (बिहीबार)बाट सुरु भएको छ ।
जिल्ला अधिवेशन अन्तर्गत आज नारायणी कला मन्दिर नारायणगढमा उम्मेदवार मनोनयनदेखि दावी विरोधसम्मको कार्यक्रम रहेको छ । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जिल्ला अधिवेशन आज बिहान ७ बजेबाट नै नारायणी कला मन्दिर नारायणगढमा सुरु भएको बताए ।
निर्वाचन फागुन २० गते बिहान ९ देखि ५ बजेसम्म हुनेछ । कांग्रेसको यस अधिवेशनको लागि सभापतिमा संस्थापन पक्षबाट एक र संस्थापन इतरबाट पाँच जनाले दावी गरिरहेका छन् ।

