काठमाडौं। स्वास्थ्यमन्त्री विरोध खतिवडाले अर्को महिनाबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खोप खरिदका लागि पत्रचार गरिसकिएको बताए । उहाँले आगामी वैशाखभित्र सबै १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइसक्नेसमेत जनाउनुभयो ।
यसअघि सरकारले १८ वर्षभन्दा माथि उमेर समूहलाई चैत मसान्तभित्र खोप लगाउने बताएको थियो । उनले कोरोना भाइरसविरुद्धको लडाइँमा अहिलेसम्मको अनुभवले अब क्षति नगर्नेसमेत बताए । “हामीले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जुन किसिमको काम ग¥यौं, त्यसको अनुभवले अब कोरोनाविरुद्ध लड्न सजिलो भएको छ”, उनले भने ।

