चितवन । आफ्ना दिवंगत हजुरबुबा हजुरआमाको स्मृतिमा माडीमा प्रवेशद्वार निर्माण गरिएको छ ।माडी नगरपालिका – ७, कीर्तनपुर देवीकोट टोल निवासी दाजुभाई अरुण रानाभाट र सुलभ रानाभाटले प्रवेशद्वार निर्माण गरेका हुन् ।
रानाभाट दाजुभाईले हजुरबुबा नन्दलाल रानाभाट र हजुरआमा उजेली रानाभाटको स्मृतिमा सपरिवारले करीब ४ लाखको लागतमा फलाम र कंक्रिट निर्मित गेट निर्माण गरेका छन् ।
कीर्तनपुर देवीकोट शिवालय मन्दिर चोकबाट गोपालनगर गौरीनगर गाउँतर्फ जाने मुल सडकको वारवार हुनेगरी निर्माण भएको सो गेटलाई निर्माता परिवार र स्थानीयबासीले नन्दलाल/उजेली रानाभाट स्मृति प्रवेशद्वार नाम जुराएका छन् ।
उक्त्त प्रवेशद्वारको हिजो (मंगलबार) महाशिवरात्री पर्वको अवसर पारी माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले समुद्घाटन गरेका छन् ।

