चितवन। चितवनको खैरहनीबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका छन् ।
खैरहनी नगरपालिका वडा नं – ७ स्थित सुर्तनीमा जुवा खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नगदसहित पाँच जुवाडेलाई आज (आइतबार) बेलुकी ४ बजे पक्राउ गरेको हो ।
चितवन प्रहरीका अनुसार प्रहरी टोलीले तीन बुक तास र ७६ हजार ८२० रुपैयाँ नगदसहित पाँच जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा खैरहनी ८ का ४४ वर्षीय प्रेमप्रसाद महतो, ३४ वर्षीय दीपक महर्जन, ४७ वर्षीय निलबहादुर पुन, खैरहनी ६ का ४९ वर्षीय सुशील रिजाल र सोही ठाउँका दामोदर बस्नेत रहेका छन् ।

