चितवन। नेपाल कम्युनिष्ट पार्टी (एस)को भरतपुर महानगरपालिका वडा नम्बर ७ मा ५१ सदस्यीय वडा कमिटी गठन भएको छ । आज भएको वडा कमिटीको भेलाले नरजंग तामाङको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा सरस्वती रानाभाट, सचिवमा नारायणप्रसाद अधिकारी, सहसचिवमा कल्याण गौतम चयन भएका छन् । यस्तैगरी सदस्यहरुमा सरस्वती थापा, लक्ष्मी ढकाल, कल्पना भुजेल, नारायणप्रसाद सापकोटा, रामचन्द्र भट्टराई, जयप्रसाद पौडेल, प्रतिमा ओस्ती, संगीता ढकाल, प्रजित ढकाल, सरोजा आचार्य, दिलमाया तामाङ, श्याम थापा, समन्तु थापा, होमबहादुर आले र दिवाकर क्षेत्री चुनिएका छन् ।
त्यस्तैगरी नेकपा (एस)को भरतपुर महानगरपालिका वडा नम्बर ७ को युवा संघमा मन्जिल गौतम अध्यक्ष छानिएका छन् । कमिटीको उपाध्यक्षमा दिनेश तामाङ, सचिवमा रोवर्ट काफ्ले, सहसचिवमा मदन तामाङ र कोषाध्यक्षमा सागर रेग्मी चुनिएको हो ।
यस्तै, सदस्यहरुमा साहिल तामाङ, आवसा तामाङ, सोनाम तामाङ, आशिष गुरुङ, मुस्कान तामाङ, कुशल सापकोटा, महमद आलम, रमेश तामाङ, किसन तामाङ, उमेश तामाङ, कृष्ण सापकोटा, गोपाल लम्साल, भुवन तामाङ, मानबहादुर तामाङ, सुरेश तामाङ र विजय तामाङलाई चुनिएको हो ।
कार्यक्रममा बागमती प्रदेशका कानुन तथा मामिला मन्त्री तथा प्रमुख अतिथि कृष्ण खनाल , (एस)का जिल्ला अध्यक्ष डा. कृष्णराज पन्त लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा लामो समयदेखि पार्टीलाई अमूल्य योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि खनालले उनीहरुलाई खादा तथा सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।कार्यक्रम एकीकृत समाजवादीका महानगर कमिटी अध्यक्ष विष्णुराज महतोको सभापतित्वमा सम्पन्न भएको थियो ।

