चितवन । व्यवसाय सुरु गर्नु त्यत्ति सजिलो छैन । यो चुनौतीपूर्ण काम हो ।बजार प्रतिस्पर्धाका कारण अनुसन्धान र योजना नगरी व्यवसाय गर्दा नेपालमा सफल हुन नसकिने अवस्था सिर्जना भैसकेको छ । योजनावद्धरुपमा अगाडि बढेमा व्यवसायमा सफलता निस्चित बन्न सकिने उद्दाहरण बनेका छन् चितवनमा युवा व्यवसायी पवन थापा । सरल अनुसन्धान र विस्तृत योजनाले नै व्यवसायलाई अगाडि बढाउन सकिन्छ भने उद्देश्यका साथ थोरै लगानिबाट मसंग जब व्यवसाय सुरु गरेका उनले अहिले चितवन लगायत देशभरका बिभिन्न जिल्लामा राम्रो प्रभाव छोड्दै आउन सफल भएका छन् ।
विगत डेढ वर्ष अघि देखि सुरु भएको व्यवसायले अहिले चितवन लगायत अन्य जिल्लाहरु नवलपुर, पोखरा ,काठमाडौँ, ईटहरी र भैरहवामा आफ्नो सेवा विस्तार गरेको छ ।
बिभिन्न फरक फरक कम्पनिहरुको लागि यस्ले सहकार्य गर्दै आएको पबन बताउँछन । अहिले उनको जबमा देशधरका साना र ठुला गरी ३५ भन्दा बढि कम्पनिहरु आबद्द छन् ।
थापाले, कामको खोजीमा आउने व्यक्तिहरुले अरु काम लगाई दिने संस्था (job Link)हरुले बिभिन्न शिर्षकमा रकम लिने गरेको गुनासो पोख्ने गरेको बताउँदै आफुहरुले निशुल्क रुपमा सेवा दिदै आएको बताए। उनले भने, ‘यहाँ कामको खोजीमा आउनेहरु अरु संस्थाले बिभिन्न शिर्षकमा रकम लिईरहेको गुनासो गर्नुहुन्छ तर, मसंग जबले निशुल्क सेवा दिँदै आएको छ, कुनै सर्भिस र्चाज लाग्दैन । कामको खोजीमा रहेकाहरुसँग पैसा लिने गलत परिपाट्टि आफुलाई ठिक नलागेको र आफुले त्यस प्रकारको परिपाट्टि अन्त्य होस् भन्ने चाहेको थापाले बताए।’
नेपालमा दक्ष जनशक्त्ति पाउन निकै गाह्रो भइरहेको अबस्थामा शहि व्यक्त्ति शहि ठाँउमा उपलब्ध गराउन आफनो संस्था हरदम तयार रहेको थापाले बताए । उनले भने, ‘शिक्षानै सबथोक हो तर शिक्षित भएर मात्र हुदैन काम पाउन उत्तिकै गाह्रो छ, तर मसंग जबले उनीहरुलाई छिट्टै योग्यता अनुसारको काम खोजिदिन्छ त्यो पनि निशुल्क ।’ मसंग जबमा डिजिटल माध्यम बाट पनि सेवा लिन सकिने बताउँदै थापाले आफनो लक्ष्य व्यवसायलाई देशभर विस्तार गर्ने रहेको बताए।
अहिले मसंग जबले आफनो भौतिक संरचना थप बिकास गरि नयाँ व्यबस्थापनको साथमा नयाँ ठाउँबाट सेवा प्रदान गर्दै आएको छ ।

