चितवन । नेकपा एकीकृत समाजवादी चितवनले एमसिसीविरुद्ध आज (आइतबार) भरतपुरको चौबिसकोठीमा प्रदर्शन गर्ने भएको छ । एकीकृत समाजवादीको भातृसंगठनहरुको आयोजनामा आज (फागुन १ गते) प्रदर्शन हुन लागेको हो ।
समाजवादीका जिल्ला कमिटी उपसचिव नरेन्द्र कन्दङवाले हिजो (शनिबार) भरतपुरमा पत्रकार सम्मेलन गरी भोलि फागुन १ गते दिनको एक बजे युवा संघ नेपाल, अनेरास्ववियु, अनेमसंघ (समाजवादी), अनेकिमहासंघ, पेसागत महासंघ नेपाल (समाजवादी), नेपाल खेलकुद महासंघ (समाजवादी), नेपाल दलित मुक्ति संगठनलगायतका मोर्चा संगठनको आयोजनामा भरतपुरको चौबिसकोठीमा दिनको १ बजे एमसिसी सम्झौताविरुद्ध प्रदर्शन गरिने जानकारी दिएका थिए ।

