चितवन । कावासोतीका अटो चालक हत्या आरोपमा नवलपुर प्रहरीलाई झापाबाट एक जनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिका वडा नं १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्याको आरोपमा कावासोतीकै २० वर्षका पृथ्वी भुजेललाई प्रहरीले कावासोतीबाट पक्राउ गरेको हो ।
गिरीको माघ १८ गते घरबाट ५०० मिटरको फरकमा सिमसार क्षेत्रमा शव फेला परेको थियो । माघ १७ गते राति ९ बजे अटो लिएर घरबाट निस्केका गिरीको भोलिपल्ट बिहान शव भेटिएको थियो । प्रहरीले उनको हत्या भएको आशंकामा खोजी कार्य अगाडि बढाएको थियो ।
प्रहरीका अनुसार २० वर्षका भुजेल नेपाल भारत सीमाको काँकडभित्ताबाट बुधबार साँझ पक्राउ परेका हुन् । बिहीबार साँझसम्म पक्राउ परेका अभियुक्त भुजेललाई नवलपुर ल्याइसक्ने प्रहरीले जनाएको छ।

