रुपन्देही।पुर्व–पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गएराती जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
जिपको ठक्करबाट घाइते भएका अन्दाजी ३२ बर्षीय पुरुषको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रदेशिक अस्पतालमा राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको सनाखत हुन बाँकी रहेको छ।
गएराती पौने १२ बजे बा१९च ९१५७ नम्बरको जिपले लु२४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटना लगतै फरार भएका जिप चालकको खोजी भइरहेको छ।

