चितवन । अन्ततः यी आमाले आफ्नो परिवार फेला पारेकी छन् । यी आमाले मानव सेवा आश्रम चितवनको पहलमा परिवार फेला पारेकी हुन्।
माघ १० गते भरतपुर महानगरपालिका वडा नं ११ बाट ८० वर्षीय आफ्नो नाम सुकमाया तामाङ बताउने यी आमालाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा मानव सेवा आश्रममा ल्याइएको थियो ।
आश्रमले आमाको ठेगाना पत्ता लगायो । गोर्खा पालुङ्टार वडा न १ रहेछ यी आमाको घर । आश्रमले आमाको हुलियासहित फेसबुकमा फोटो पोष्ट गरेपछि यी आमाले आफ्नो परिवार फेला पारिन् र पुनर्मिलन भयो ।
आमालाई लिनको लागि आमाको छोरी आसामाया तामाङ रत्ननगर १२ जिरौनाबाट आइन् । यी आमाको छोरीको घर जिरौना रहेछ । मानव सेवा आश्रमले आमालाई परिवारमा पुनर्मिलन गराइदिएको हो ।

