नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवद्र्धन ज्ञवालीले आफ्नो पारिश्रमिकवापतको केही रकम महिला समूहलाई प्रदान गर्नुभएको छ । उहाँले आफ्नो वडाभित्रका महिला सदस्यको क्षमता अभिवृद्धिका लागि समूहलाई रु एकलाख प्रदान गर्नुभएको हो ।
गैँडाकोट–१६ भित्र रहेका विभिन्न १० महिला समूहलाई शनिबार प्रतिसमूह रु १० हजारका प्रदान गरिएको थियो । उहाँले यसअघि आफ्नो पारिश्रमिकबाट अमरापुरी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर निर्माण गर्न रु ४० हजार, बेल्डिहा चौकीलाई सात पङ्खा, विजय ज्योति आधारभूत विद्यालयलालई रु ६० हजार रकम बराबरको कुर्ची, कोरोनाका कारण वडाभित्र समस्यामा परेका परिवारलाई रु ६० हजार राहत, दुर्गा मन्दिरलाई २४ थान पङ्खा, आफ्नो बुवाको नाममा बाल उदय विद्यालयलाई रु एक लाख बराबरको कार्यालय सामग्री वितरणमा खर्च गरिसक्नुभएको छ ।

