चितवन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् । यही पुस २७ गते जिल्ला अधिवेशन हुँदैछ । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् ।
कांग्रेसको क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका हुन् ।
कोइराला, जोशी, घिमिरे, खनाल र भुषाल शेखर कोइराला समूहबाट सभापतिका लागि लबिङ गरिरहेका छन् । देउवा पक्षबाट एकमात्र मिलनबाबु श्रेष्ठले लविङ थालेका छन् ।

