चितवन । नेपाली काँग्रेसको थारुतर्फको केन्द्रीय सदस्यमा उमेदवार दिएका चितवनका साजनकुमार महतो पराजित भएका छन् । उनी शेखर कोइराला प्यानलबाट थारुतर्फको केन्द्रीय सदस्यमा उमेदवार उठेका थिए ।
थारुतर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षकै चार जना निर्वाचित भएको छन् । केन्द्रीय सदस्य थारु खुल्ला २ सिटमा देउवा पक्षमा रामजनम चौधरी र योगेन्द्र चौधरी निर्वाचित भएका छन् । रामजनमले २४२२ मत ल्याउँदा योगेन्द्रले २१६० मत ल्याएका छन् । थारु महिलातर्फ २ सिटमा पनि देउवा पक्षकै कल्पना चौधरी र जीवन राना विजयी भएका छन् ।

