चितवन । भरतपुर १० मा रहेको भरतपुर माविको व्यवस्थापन समितिको अध्यक्षमा भानुप्रसाद उपाध्याय चयन भएका छन्। लामो समयदेखि व्यवस्थापन समिति गठन हुन नसकेको भरतपुर माविको व्यवस्थापन समितिको नेतृत्वमा शिक्षाविद् उपाध्याय सर्वसम्मत चयन भएका छन् ।
उनी नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका पूर्वअध्यक्ष तथा शिक्षक हित वचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्षसमेत हुन् । शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका उपाध्यायको कार्यकालमा भरतपुर माविले फड्को मार्ने अपेक्षा गरिएको छ ।

