चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महिला आरक्षण कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । चितवनकी नेतृ सावित्री बोगटी पराजित भइन् ।
महिला आरक्षण कोटामा उनी चितवनकी एक्ली उमेदवार थिइन् । बोगटीले ६९५ मत ल्याएकी थिइन् । महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए । सोमबार सार्वजनिक मत परिणाम अनुसार बोगटी १९ औँ नम्बरमा परेकी हुन् । बोगटी पूर्वसांसद हुन् ।
डिला संग्रौला पन्त सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएकी छन् । उनले २८८५ मत पाइन् । त्यसपछि पुष्पा भुसाल २७१८, आरजु राणा देउवा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९ मत ल्याएर निर्वाचित भएका छन् ।
त्यस्तै सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भए ।


