काठमाडौं । ३५ खुला सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । केन्द्रिय निर्वाचन समितिका अनुसार हालसम्म सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले २९४० मत ल्याएका छन् । ३५औं नम्बरमा भने मोहन आचार्य छन्।
अघिल्लो सातामा भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहारले केन्द्रीय सदस्यमा प्रतिनिधित्व जनाउने सम्भावना बढेको छ । यो समाचार तयार पार्दासम्म ३५ जनाको लिस्टभित्र उदयशमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जयकुमार गौतम, डा. गोविन्दराज पोखरेल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, दिनेश कोइराला, अजयबाबु सिवाकोटी, मोहन आचार्य, गणेश लामा, उमेशजंग रायमाझी र कृष्णकिशोर घिमिरे अटाएका छन् ।
साथै टप ४० भित्र रहेर ३५ जनाको लिस्ट उक्लिने गरी मनोजमणि आचार्य, विरेन्द्रकुमार कनौडिया, केदार कार्की, मंगलप्रसाद थारू र यज्ञबहादुर थापाले पछ्याइरहेका छन् ।



