चितवन। चितवनको भरतपुरस्थित प्रदर्शन केन्द्रमा पुस २ गतेबाट सुरु भएको औद्योगिक प्रदर्शनीको छैटौँ संस्करणमा नेकपा (एमाले)का उपाध्यक्ष एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अवलोकन गरेका छन् । पुस ४ गतेसम्म चल्ने प्रदर्शनीमा आज (शनिबार) दोस्रो दिन पूर्व अर्थमन्त्री पाण्डेले अवलोकन गरेका हुन् ।

चितवन उद्योग संघ र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो । २०६६ सालदेखि आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको विस्तारित संस्करण स्वरुप यसवर्षदेखि नियमित वार्षिक कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी गरिएको हो । प्रदर्शनीमा उद्यमीदेखि विद्यार्थीसम्मको घुइँचो लागेको छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेको छ । प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरूलाई सहज र किफायती बनाउन मद्दत पुऱ्याउने ससाना औजार उपकरणदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरूको प्रदर्शनी गरिएको छ ।प्रदर्शनीमा २०० स्टल रहेका छन् ।

