चितवन । भरतपुर वसन्तचोकमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश -००३ -००१ -ख १३०६ नम्बरको ट्रकले बिहान ११ः४५ बजे भरतपुर १२ निवासी विनोद जोशीकी दुई वर्षीया छोरी दिपीका जोशीलाई ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका थिए । स्थानीयको भीडलाई तितरबितर पार्न दर्जनौँ अश्रुग्यास प्रहरीले प्रहार गरेको थियो। चितवन प्रहरीले ठूलो फोर्स सो क्षेत्रमा खटाएपछि अहिले अवरुद्ध राजमार्ग र सवारी साधन पनि सञ्चालनमा आएको छ ।


