चितवन । भरतपुर वसन्तचोकमा ट्रकको ठक्करबाट एक स्थानीयको मृत्यु भएपछि सो क्षेत्रमा तनाव सिर्जना भएको छ ।
यतिबेला स्थानीय र प्रहरीबीच ढंगा हानाहान भइरहेको छ ।
स्थानीयले ट्रकमा आगजनी गरेका छन् । स्थानीयको भीडलाई तितरबितर पार्न दर्जनौँ अश्रुग्यास प्रहरीले प्रहार गरिरहेको छ। सो क्षेत्र यतिबेला तनावग्रस्त छ । विस्तृत जानकारी आउन बाँकी छ । चितवन प्रहरीले ठूलो फोर्स सो क्षेत्रमा खटाएको छ ।



