चितवन । एमसिसीको विरोधमा भोलि चितवन बन्दको घोषणा गरिएको छ । एमसीसी खारेजी अयिभान संयुक्त संघर्ष समितिले सरकारलाई एमसिसी पास गर्न नदिन विरोध स्वरुप चितवन बन्दको घोषणा गरेको हो ।
मङ्सिर २८ गते (भोलि) धोषणा गरिएको चितवन बन्द सफल बनाउन दबाब स्वरुप नारायणगढ, माडी लगायत चितवनको विभिन्न ठाँउमा आज साँझ मसाल जुलुस निकालिएको छ । एमसीसी खारेजी अयिभान संयुक्त संघर्ष समिति चितवनले मङ्सिर २५ गते पत्रकार सम्मेलन आयोजना गरि चितवन बन्दको घोषणा गरेको थियो ।



