चितवन । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
श्रेष्ठले दलबलसहित आज दिउँसो उम्मेदवारी दर्ता गरेका हुन् ।
श्रेष्ठका अनुसार उनको प्रस्तावकमा चितवन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भरत लामिछाने र समर्थकमा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति लालवहादुर दवाडी रहेका छन् । जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरु अन्य नेता कार्यकर्ताको साथ र सहयोगमा श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।

