चितवन । मानव सेवा आश्रम चितवनको भवन बनाउन भोलि आइतबारदेखि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सुरु हुने भएको छ ।
महायज्ञको समाजसेवी तथा जग्गादाता स्वर्गीय भगवानदास श्रेष्ठकी श्रीमती कल्याणी श्रेष्ठले उद्घाटन गर्नेछिन् । महायज्ञमा १० करोडसम्म आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ ।
आश्रमका संस्थापक रामजी अधिकारीका अनुसार महायज्ञ सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ । महायज्ञमा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलको उपस्थित रहने बताइएको छ ।

