चितवन । नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरू हुँदैछ।
करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधिलाई बसोबास र खानाको व्यवस्था गर्न ठूलो रकम खर्च हुने देखिन्छ । काठमाडौंमा बिहीबार साँझदेखि मंसिर २७ गतेसम्म महाधिवेशन प्रतिनिधिलाई खाना र बस्नको व्यवस्था गर्नुपर्छ ।
महाधिवेशनमा विभिन्न व्यक्ति, समाजसेवी, सांसद तथा व्यवसायीहरुले आर्थिक सहयोग गरिरहेका छन् । यसैबीच चितवनका सांसद तथा प्रधानमन्त्री कार्यालयमा रहेका राज्यमन्त्री उमेश श्रेष्ठले महाधिवेशनको लागि २५ लाख सहयोग गरेका छन् ।
महाधिवेशन प्रतिनिधिलाई राख्न ठमेल, सुन्धारा र गौशालामा गरी करिब सयवटा होटल बुकिङ गरिएका छन्। खाना र बसोबासका लागि मात्रै साढे ३ करोड रूपैयाँ खर्च लाग्ने देखिएको छ । यस्तै, सांसद विनोद चौधरीले २५ लाख र नेता जीपछिरिङ लामाले २५ लाख रूपैयाँ महाधिवेशनको लागि सहयोग गरेका छन् ।

