चितवन। पछिल्लो २४ घन्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिकामा ७ जना, खैरेहनी नगरपालिकामा २ जना, रत्ननगर नगरपालिकामा १ जना, कालिका नगरपालिकामा ३ जना संक्रमित थपिएका छन् । मंगलबार सक्रिय संक्रमितको संख्या १६० पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २७ हजार ०७४ पुगेको छ । २६ हजार ४९० जना निको भएका छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ४ जना, पुरानो मेडिकल कलेजमा २ जना गरी आईसीयूमा ६ जनाको उपचार भइरहेको छ भने भरतपुरका सबै अस्पतालमा गरेर १३ जना कोरोनाका बिरामी अस्पताल भर्ना भएका छन् ।



