चितवन । भरतपुर महानगरपालिकाले आवास कार्यक्रम अन्तरगत २०७७/७८ को बजेटबाट वडा नं २७ र २८ मेघौली दद्रेनीको मुसहर वस्तीमा आवास निर्माण गरेको छ । नवर्निमित सामुहिक आवासलाई आज हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै मेयर रेनु दाहालले चुनाबी अभियानकै क्रममा यहाँको मुसहरको दयानिय अवस्था देखिपछि आफुले जनताको आधारभुत आवश्यकता अनुसार घर बनाइदिने अठोट लिएको बताइन् । दाहालले सोही प्रतिवद्धता अनुसार आज काम पुरा भएको र घर हस्तान्तरण गर्न पाउदा निकै खुसी लोगेको बताइन् ।
कार्यक्रममा बोल्दै घर निर्माण उपभोक्ता समितिका संयोजक टिकाराम भुषालले २३ लाखको बजेटले पक्की घर, भान्सा, टवाईलेटसहित दुई कोठा निर्माण गरिएको बताए । उनले नगर प्रमुख दाहालले फिल्डमै आई यहाँको बस्तीको अवस्था बारे विस्तृत जानकारी लिएको बताए ।
नयाँ घर पाएपछि चितवनको मुसहर समुदायमा खुशी छाएको छ । भरतपुर महानगरपालिकाले नयाँ घर बनाएर हस्तान्तरण गरेपछि चितवन वडा नम्बर २७ र २८ का ६ घर मुसहर परिवारमा खुशीयाली छाएको हो ।
कार्यक्रममा मेघौली मध्यवर्ती उपभोक्ता समितिका पुर्व अध्यक्ष श्यामप्रसाद अधिकारी, बर्दाहा सामुदायिक वनका अध्यक्ष सोम महत्तो लगायतको सहभागिता रहेको थिए ।

