चितवन । दोस्रो भेरियण्ट प्रभाव मत्थर हुंँदै गएपछि चितवन लगायत अन्य ठाउंँमा समेत मास्क र सेनिटाइजरको प्रयोग कम हुंँदै गयो । सरकारले निशेधाज्ञा खुला गरेपछि नेपालका विभिन्न ठाउंँ सभा,सम्मेलन, सांस्कृतिक कार्यक्रम , मेला लगायत कार्यक्रमहरु हुन थाले । चितवनमा पनि यस्ता कार्यक्रमले तीब्रता पायो । तर पछिल्लो समय अधिकांश मानिसले मास्क लगाउन, सेनिटाइजरको प्रयोग कम गर्नुको साथै भौतिक दुरीसमेत कम गरेको पाईएको छ ।
केही वित्तिय संस्था र नीजि विद्यालयहरु र केही कार्यलयलमा मास्क र सेनिटाइजरको नियमित प्रयोग हुंँदै आएपनि अन्य ठाउंँमा भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेको पाईएको हो । नेपालमा तेस्रो भेरियन्ट ओमिक्रोन भेटिएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले मातहतका कार्यालय तथा अन्य प्रशासनिक निकायहरुलाई समेत यसबारे सतर्कता अपनाउन आग्रह गरेको छ । रुपन्देहीमा समेत उच्च सतर्कता अपाउन आग्रह गरिरहंँदा चितवनमा समेत यसको सचेतना र सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कायर्यालय चितवनले पनि सतर्कता र सचेतना अपनाउन गृहकार्य थालिएको जानकारी दिईसकेको छ ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गले ओमिक्रोन नेपालमा भेटिएसंँग यस बिषयमा प्रशासन गम्भिर भएर लाग्ने बताउनु भयो । ‘मन्त्रालयबाट निर्णय भइसकेर हामीलाई निर्देशन आइसकेको छ , उहांँले भन्नुभयो, हामी यस बिषयमा सरोकारवाला निकायसंँग बसेर चाडैंनै छलफल गर्छौं ।’
उहांँले पछिल्लो समय मानिसहरुले स्वास्थ्य सुरक्षामा लापरवाही भइरहेको देखिएकोले पुनः सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो ।
स्वास्थ्य कार्यालय चितवनले पनि ओमिक्रोन भाइरस र यसको रोकथामको लागि सचेतना र अन्य तयारी चाडैनै थालिने बताएको छ । कार्यालयका प्रमुख दिपक तिवारीले चितवन पनि ओमिक्रोन भाइरसको उच्च जोखिममा रहेकोले सरोकारवाला निकायसंँग चाडैनै छलफल गरी सचेतनामा जोड दिने बताउनु भयो । ‘हामी स्थानीय प्रशासन, सरकार, डिसीएमसी संँग बसेर यस बिषयमा चाडैनै छलफल गछौं ।’ तिवारीले भन्नुभयो । ओमनी भाइरसको तत्काल प्रभाव नदेखिएपनि अहिले नै सचेतना र रोकथामका कार्यक्रम ल्याउनु पर्ने उहांँले बताउनु भयो । ‘ओमिक्रोन भेटिएका व्यक्तिको स्वास्थ्य अवस्था त सामान्यनै देखिएको छ , उहांँले भन्नुभयो, आत्तिहाल्नुपर्ने अवस्था त छैन । तर सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।
चितवनमा अधिकांशले कोभिड विरुद्धको भ्याक्सिन लगाईसकेको र नलगाएका व्यत्तिहरुलाई पनि लगाउन आग्रह गरिएको भन्दै यो नयांँ भाइरसलाई समान्य रुपमा लिन नहुने हांँले बताउनु भयो ।
‘नयांँ भाइरस भेटिएपछि हामीले शंकास्पद टेष्ट पनि गर्न शुरु गरेका छौं, उहांँले भन्नुभयो, हालसम्म ओमनी भाइरस भेटिएको छैन ।’
चितवनमा अधिकांशले भ्याक्सिन लगाईसकेको र अब भ्याक्सिन लगाउन छुटेका र १२ बर्ष भन्दा माथिका विद्यार्थीलाई छिट्नै लगाउने तयारी गरिएको उहांँले जानकारी दिनुभयो । उहांँका अनुसार ती उमेर समुहका विद्यार्थीका लागि भ्याक्सिन आउने क्रममा रहेकोले उनीहरुका लागि विद्यालयमानै भ्याक्सिन दिने व्यवस्था मिलाउन लागिएको उहांँको भनाई छ ।

