चितवन । नेकपा एमालेको स्थायी कमिटी सदस्यमा चितवनका तीन नेता पर्ने सम्भावना रहेको छ ।
पदाधिकारीमा निर्वाचित भएका चितवनका दुई नेता रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डे स्थायी कमिटी सदस्यमा पर्ने भएका छन् । नेताद्वय बादल र पाण्डे एमाले महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका हुन्। एमाले विधानअनुसार पदाधिकारीमा निर्वाचित भएका १९ जना स्वतः स्थायी कमिटी सदस्य बन्नेछन् ।
यसबाहेक एमाले स्रोतका अनुसार चितवनका नेता काशीनाथ अधिकारी पनि स्थायी कमिटी सदस्य बन्ने सम्भावना रहेको छ । नेता अधिकारी चितवनका पुराना नेता हुन् । एमाले महाधिवेशनबाट चितवनका १० नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

