चितवन । राप्रपा केन्द्रीय सदस्यमा चितवनकी बागमती प्रदेश सांसद रिना गुरुङ विजयी भएकी छन् । उनी महिलातर्फ खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
चितवन प्रेससँगको कुराकानीमा रिनाले आफू अत्यधिक मतले विजयी भएको र चितवनका अन्य साथीहरुको अन्तिम परिणाम आउन बाँकी रहेको बताइन् । उनले १४ सय १३ मत ल्याएकी थिइन् । यद्यपी निर्वाचन आयोगले केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक गरेको छैन । रिना चितवनकी प्रभावशाली महिला नेतृको रुपमा परिचित छिन् ।

