चितवन । चितवनमा भोली ( शुक्रबार) देखि मतदाता नामावली संकलन गरिने भएको छ । चितवनमा एक महानगर, ५ नगरपालिका र एक गाउँपालिका गरि सात स्थानिय तह छन् र ति सात वटै स्थानिय तहमा मतदाता नामावली भोलि देखि क्रमशः संकलन गरिने भएको हो ।
जिल्ला निर्वाचन कार्यालय चितवनले मंसिर १७ बाट पालिकामा नामावली संकलन गर्न लागेको निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिए ।
उनले माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा मंसिर १७ गतेदेखि पुस २ गतेसम्म, खैरहनी नगरपालिका, रत्ननगर र राप्ती नगरपालिकामा पुस ४ गतेदेखि १८ गतेसम्म मतदाता नामावली संकलन हुने बताए ।
उनले भरतपुर महानगरपालिकाभित्रका नागरिकले भने जिल्ला निर्वाचन कार्यालमै गएर नामावली दर्ता गराउनुपर्ने जानकारी दिनुभयो । कार्कीको अनुसार बाहिरि जिल्ला बाट आएर चितवनमा बसोबास गर्नेहरुको हकमा भने चितवन कार्यालमै मतदाता नामावली संकलन हुनेछ तर मतदान गर्न भने सम्वन्धीत जिल्लामै जानुपर्ने छ।
चितवन बाहेक अरु जिल्लाहरुमा पनि निर्वाचन आयोगले मतदाता नामावली संकलन गरिरहेको छ ।

