चितवन । वागमती प्रदेश सभा सदस्य समेत रहेका मिलनबाबु श्रेष्ठले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति चितवनको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा उनले सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टीमा निष्ठा नैतिकता , इमान्दारिता र आत्मसम्मानको बातावरण तयार पार्न सभापतिमा उम्मेदवारी रहेको बताए । आफूलाई जिताउन अपिल गर्दै उनले पार्टीलाई सामुहिक नेतृत्वबाट सञ्चालन गर्न संगठित अनुशासित समावेशी सगठन निर्माण गर्न , स्थानीय निकाय,प्रदेश तथा सघीय निर्वाचनमा काँग्रेसको पक्षमा मत ल्याउन , भातृसंगठनहरुलाई प्रगतिशिल बनाउन, गृगटगत राजनीतिको अन्त्य गर्न र अनुशासित संगठनको निर्माण गर्न लगायतका काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गोर्खा जिल्लाको पोखरीचोक गाउंँपालिका वडा नम्बर १ मा जन्मेका जन्मेका उनी राजनीतिमा कुशल नेताको रुपमा परिचित छन् । २०३६ सालमा बुबा सुधारिएको व्यवस्थाको नेपाली कांँग्रेसको वडा नम्बर १० अध्यक्ष भए ।
स्कुले जीवनबाट नै भूमिगत रुपबाट भए पनि कांँग्रेस राजनीति प्रारम्भ गरेका मिलनबाबु तानशाही पञ्चायत व्यवस्थाबाट नै राजनीतिमा सक्रिय थिए । उनी २०४९ सालमा भरतपुर वडा नम्बर १० मा कांँग्रेसको वडा सभापति भए । क्षेत्रीय सभापति हुंँदै जिल्ला कार्यसमिति, चितवनको कोषाध्यक्षमा निर्वाचित भई काम गरिसकेका छन । उनी हाल वाग्मती प्रदेश सभा सदस्य हुन् ।

