चितवन । अन्ततः नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने भएको छ । भीम रावलले आफ्नो अडान नछोडेपछि अन्ततः अध्यक्षको लागि ओली र रावल चुनावी मैदानमा आएका छन् ।
ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरे पनि उनले नमानेपछि अन्ततः अध्यक्ष र रावलको भीडन्त हुने भएको छ । ओलीले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्तावसमेत गरेका थिए । तर रावलले उनको प्रस्तावलाई अस्वीकार गरे । बन्दसत्रमा रावलले अडान नछाडेपछि हलमा होहल्ला भयो ।
रावल विरुद्ध नारा हुटिङ भयो । तर ओलीले शान्त रहन आग्रह गर्दै भने, भीम रावल उम्मेदवार हुन्छु नै भन्ने हो भने उठ्न दिनुपर्छ ।’ एमालेको निर्वाचन आयोगका प्रमुख डा विजय सुब्बाका अनुसार सोमबार बिहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

