चितवन । नेकपा एमालेको दसौँ महाधिवेशनको तेस्रो दिन आइतबार बेलुका ७ बजे हुने भनिएको बन्दसत्र एक घन्टा पछि सारिएको छ । बिहान १० बजेदेखि सुरु हुने भनिएको बैठक साँझ सात सुरु गर्ने भनिए पनि हुन सकेन ।
बिहानैदेखि सहमतिको प्रयास गरे पनि अध्यक्ष ओलीले सहमति गर्न सकेका छैनन् । मुलतः नेता भीम रावल चुनावको पक्षमा उभिएका छन् भने अध्यक्ष ओली सर्वसम्मतको पक्षमा ।

