चितवन । नेकपा (माओवादी केन्द्र) इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ निर्वाचित भएका छन्। माओवादी केन्द्र इच्छाकामनाको आज सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा प्रताप गुरुङ निर्वाचित भएका हुन्।
उपाध्यक्षमा हरि थापा, सावित्रा सिलवाल र रामप्रसाद बोहोरा, सचिवमा रामहरी कडेलका साथै कोषाध्यक्षमा सम्झना सिलवाल निर्वाचित भएका छन् ।
अधिवेशनले गुरुङको अध्यक्षतामा ५५ सदस्यीय माओवादी केन्द्रको इच्छाकामना गाउँकमिटि निर्वाचित गरेको छ।

