चितवन । नेकपा एमालेको दसौं महाधिवेशनको बन्द सत्र सुरू भएको छ। बिहान ८ बजेदेखि बन्द सत्र सुरू गर्ने कार्यतालिका भए पनि गएराति अबेरसम्म एमालेको केन्द्रीय समिति बैठक बसेका कारण सत्र ढिलो गरी सुरू भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली सौराहास्थित बन्द सत्र हुने हलमा पुगेका छन्। बन्द सत्रमा विभिन्न मुलुकबाट आएका दलका प्रतिनिधिले सम्बोधन गर्नेछन्।

