चितवन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी र सदस्यहरूको बढाएको छ । हटिसकेको पोलिटव्यूरो कमिटी पनि पुनः व्यूताइएको छ ।
एमाले नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार केन्द्रीय कमिटीको बैठकले नेतृत्वदेखि केन्द्रीय कमिटीसम्म सर्वसम्मत गराउन अध्यक्षज्यूले ल्याउनुभएको पदाधिकारीको संख्या बढाउने, केन्द्रीय सदस्यको संख्या थप्ने र पोलिटव्यूरो पुनः व्यूताउने प्रस्ताव पारित गरेको छ ।
केन्द्रीय समितिको अन्तिम बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ । यसअघिको विधान महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय सदस्यको संख्या २२५ रहने व्यवस्था गरेको थियो । पोलिटब्युरोलाई ब्युँताएर ९९ सदस्यीय बनाउने निर्णय गरेको छ । पदाधिकारीको सङ्ख्या १५ बाट थपेर १९ बनाइएको छ ।
पदाधिकारीमा उपाध्यक्ष र उपमहासचिवमा २–२ जना थप्ने निर्णय भएको छ । अब उपाध्यक्ष र उपमहासचिवको सङ्ख्या ७ र ३ रहनेछ ।

