चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित गरिएको छ ।
पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा आएको बेला ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम तय गरिएको थियो । शेरबहादुर तामाङका अनुसार, सुरक्षाको कारण देखाउँदै सो कार्यक्रम स्थगित गरिएको हो।

