चितवन । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरू हुने भएको छ।
नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम सुरू भएको छ।
आज बिहानैदेखि सडकमा कम सवारी चलेका छन्। महाधिवेशनमा भाग लिन आउनेहरूको सवारी साधन मात्रै सडकमा देखिएको छ।
आज मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।

