चितवन । नेपाली कांग्रेस चितवन क्षेत्र नं २ को सभापतिमा भरत लामिछाने विजयी भएका छन् । उनले ५३० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी लक्ष्मण गुरुङले ४४५ मत ल्याए ।
सचिवमा निर्मला लामा (४५५) र प्रल्हाद उप्रेती (४०६) विजयी भएका छन् । सहसचिवमा कृष्णकुमारी पन्त (३७८) र सिर्जना बसौला (३१२) मत ल्याई विजयी भएका छन् ।

