चितवन । नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को सभापतिमा किरणभुषण ओली निर्वाचित भएका छन् । उनले ४९१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी इन्द्रकमल बुढाथोकीले ४२३ मत ल्याएका छन् । सो क्षेत्रमा कुल खसेको ९४१ मत खसेको थियो ।
यस्तै, सचिवमा उमेश गिरी (४२४), दीपकराज पौडेल (४७२) सहसचिवमा दीपनारायण चौधरी (३९५), माधवप्रसाद पौडेल (४००), महिलातर्फ सदस्यमा लक्ष्मी थापा भट्ट (४४९) निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यमा टीकाप्रसाद भन्तना (३७१), नारायणप्रसाद भट्टराई (३८४), बुद्धिसेन चौधरी (४३३), संगीता उप्रेती (४४८) जयराम अधिकारी (४५७), कमला श्रेष्ठ (४४६), विवेक उदास (५०७), रारा विक (४४३) निर्वाचित भएका छन् । यसअघि नै बुन्धराम चौधरी र केशव प्रजा सदस्यमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

