चितवन । भरतपुरलाई नै थलो बनाएर ‘नेतृत्वलाई समाप्त पार्न एमाले लागेको उर्जामन्त्री पम्फा भुषालले आरोप लगाएकी छिन् ।
प्रतिगमनका माध्यमबाट माओवादीलाई सिध्याउन नसकेपछि माओवादीको नेतृत्वलाई नै समाप्त पार्ने दुरासयले एमाले लागेको उर्जामन्त्री पम्फा भुषालले आरोप लगाएकी हुन् ।
राजनीतिक परिवर्तनमा चितवनले ठूलो भूमिका खेलेको भन्दै उनले अब पनि चितवनले प्रतिगमनलाई साथ नदिने विश्वास व्यक्त गरिन् ।

