चितवन । नेकपा (माओवादी केन्द्र) इच्छाकामनाले गाउँपालिकाको ७ वटै वडामा नेतृत्व चयन गरेको छ। नेकपा (माओवादी केन्द्र) इच्छाकामनाको अनुसार सबै वडामा आजै सर्वसम्मत नेतृत्व चयन भएको हो।
इच्छाकामनाले गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा सन्त बहादुर मगर, २ को अध्यक्षमा प्रकाश बुढाथोकी, ३ को अध्यक्षमा शिवप्रसाद पौडेल, ४ को अध्यक्षमा खड्ग बहादुर मगर, ५ को अध्यक्षमा राजेन्द्र बोहोरा, ६ को अध्यक्षमा याम बहादुर गुरुङ र ७ को अध्यक्षमा ठूल कान्छा थापा मगर निर्वाचित भएका छन्।

