चितवन । चितवनको राप्तीको नगरपालिकाको वडा नम्वर ६ वाहेक अन्य सवैमा नेकपा (माओवादी केन्द्र)को वडा कमिटि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । नेकपा (माओवादी केन्द्र) राप्तीको अनुसार वडा नम्वर ६ मा भने मंसिर ६ गतेलाई अधिवेशन तोकिएको छ ।
राप्ती नगरपालिका वडा नम्वर १ को अध्यक्षमा यम वहादुर तामाङ ,वडा नम्वर २ को अध्यक्षमा लोकराज पाण्डे, वडा नम्वर ३ को अध्यक्षमा प्रकाश उप्रेती, वडा नम्वर ४ को अध्यक्षमा भीमानन्द पराजुली, वडा नम्वर ५ को अध्यक्षमा गोवद्र्धन कडेंल, वडा नम्वर ७ को अध्यक्षमा दया गोतामे, वडा नम्वर ८ को अध्यक्षमा खिलप्रसाद घिमिरे चयन भएका छन् ।
त्यस्तै, वडा नम्वर ९ को अध्यक्षमा प्रेम वहादुर रिमाल, वडा नम्वर १० को अध्यक्षमा भरतलाल चेपाङ, वडा नम्वर ११ को अध्यक्षमा अकलवहादुर गोले, वडा नम्वर १२ को अध्यक्षमा राजकुमार तामाङ र वडा नम्वर १३ को अध्यक्षमा राजु चेपाङ चयन भएका छन् ।

