चितवन । चितवनको रत्ननगर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ।
आज सम्पन्न वडा सम्मेलनले रत्ननगरका १६ वटै वडामा सर्वसम्मत वडा कमिटी गठन गरेको छ ।
रत्ननगर नगरपालिका–१ वडा कमिटीको अध्यक्षमा विष्णुप्रसाद शर्मा २ को अध्यक्षमा भिम वहादुर थापा ३ को अध्यक्षमा हिमालय खनाल ४ को अध्यक्षमा शिवप्रसाद बास्तोला ५ को अध्यक्षमा नारायण महतो ६ को अध्यक्षमा खगराज खनाल ७ को अध्यक्षमा यसराम महतो ८ को अध्यक्षमा राजेन्द्र थपलिया चयन भएका छन् ।
रत्ननगर ९ को अध्यक्षमा नन्दु रेग्मी १० को अध्यक्षमा विष्णु सुवेदी ११ को अध्यक्षमा यज्ञ धमला १२ को अध्यक्षमा सुशील तिवारी १३ को अध्यक्षमा सन्तोष घिमिरे १४ को अध्यक्षमा चिरञ्जिवि घिमिरे १५ को अध्यक्षमा देवि बस्ताकोटी र १६ को अध्यक्षमा रामप्रसाद रिमाल निर्वाचित भएको नगर अध्यक्ष ओम लामिछानेले जानकारी दिए ।
मओवादी केन्द्रले शनिवार चितवनका सम्पुर्ण वडामा वडा सम्मेलन गरेको छ ।

