चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने नचाहेको बताएका छन् ।
आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले आफुहरुले अनुदान फिर्ता जाओस् भन्ने नचाहेक बताएका हुन् । दाहालले, अमेरिकाबाट विगतमा पनि सहयोग लिइरहेको कुरा पनि भुल्न नहुने प्रष्ट पार्दै आफुहरुलाई अमेरिकासँग कुनै एलर्जी नभएको स्पष्ट पारे ।
त्यस्तै, माडीको अयोध्यापुरीको प्रसँगमा बोल्दै प्रचण्डले ओलीको नियत सफा नभएको बताएका छन् । उनले भने हामी भगवान रामलाई सम्मान गछैँ हामी विरोधी होइनौँ, तर ओलीको नियत भने अर्कै हो, ओलिले भगवान रामलाई सम्मान गर्न खोज्या होइन। दाहालले, कसैको गलत पोलिटिकल नियतले नेपालकै अपमान नहोस भने मात्र आफनो धारणा रहेको स्पष्ट पारे ।

