चितवन । नेपाली कांग्रेस १४ औँ महाधिवेशन अन्तरगत चितवन क्षेत्र नं १ क मा गणेश मल्ल निर्वाचित भएका छन् । उनले १७६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दीले कृष्णबहादुर श्रेष्ठले १७५ मत ल्याए ।
चितवन क्षेत्र न १ (ख) प्रदेश सभापतिमा गोविन्द गौतम निर्वाचित भएका छन् । उनले २७९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी रामहरि न्यौपानेले २६५ र सुजन थापाको १९ मत आयो। क्षेत्र नं २ (क) मा जनार्दनप्रसाद दाहाल निर्वाचित भएका छन् । उनले २२९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी हरिप्रसाद भण्डारीले १९५ र राजकुमार गुरुङले ५० मत ल्याएका छन् ।
२ ख प्रदेश सभापतिमा रोशन शाही ठकुरी निर्वाचित भएका छन् । ठकुरीले २६१ मत ल्याए । उनका निकटम प्रतिद्धन्द्धी करुणाकान्त पोख्रेलले १९८ र रचन कार्कीले २३ मत प्राप्त गरे ।
३ क को सभापतिमा खेमनारायण सापकोटा निर्वाचित भएका छन् । उनले ३०८ मत ल्याए । उनका प्रतिस्पर्धी कमलनाथ पौडेलको १५८ र सालिकराम पौडेलको ११८ मत आएको छ । ३ ‘ख’ को सभापतिमा शोभाकर चापागाईं निर्वाचित भए । चापागाईंले १४७ ल्याए। सभापतिका प्रत्यासीहरु ओमप्रसाद पोखरेल ९९, रामबहादुर कुवँरले ७८ र अशोक लामाले २८ मत ल्याए ।

