चितवन । चितवनमा नेकपा (माओवादी केन्द्र)को भोली हुने वडा सम्मेलनको तयारी पुरा भएको छ। माओवादी केन्द्रले भोली (शनिबार) देशैभर वडा सम्मेलन गर्दै छ ।
चितवनका सबै पालिकाहरुको वडाहरुमा वडा सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको नेकपा (माओवादी केन्द्र)चितवनले जनाएको छ । ५१ प्रतिशत पार्टी सदस्य सहभागी नभएको खण्डमा भने वडा सम्मेलन स्थगित हुनेछ।
माओवादी केन्द्रले वडा सम्मेलनमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, ७ प्रतिशत मुस्लिम अनिवार्य गरेको छ । सम्मेलन मार्फत महानगर भित्रको वडामा ४५ सदस्य र नगरमा २९ जनाको वडा कमिटी बन्दैछ ।
आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुदैछ। मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ ।

