चितवन । माडी नगरपालिका ३ धोबाहास्थित राष्ट्रिय आधारभूत विद्यालयको नव निर्मित ६ कोठे भवनको उद्घाटन भइको छ । आज शुक्रबार एक कार्यक्रमका बिच फ्रान्सेली राजदूत गिल्स बुआर्बाले नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा राजदूत बुआर्बा र विशिष्ट अतिथिका रूपमा माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकाल र सहयोगदाता मोन्टागन एण्ड पार्टेजका प्रेसिडेन्ट जिआर्ड क्लाइमडी रहेका थिए।
कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बलराम महतोको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विद्यालयलाई जग्गा उपलब्ध गराएर सहयोग पुर्याउने जग्गादाताहरु स्व. कृष्णबन्धु पियाको परिवार र दाजुभाइहरूलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
मोन्टागन एण्ड पार्टेज नामको फ्रान्सेली संस्थाको रु १ करोड १० लाख लागत सहयोगमा सीमान्तकृत तथा विपन्न वर्ग समुदायका बालबालिकाहरुका लागि भवन निर्माण भएको हो ।

