चितवन । नेपाली कांग्रेस चितवनको आज प्रदेश क्षेत्रीय समितिको निर्वाचन हुँदैछ । निर्वाचनामा ३३७ जनाको उम्मेदवारी दर्ता भएको छ । चितवनको ६ ठाउँमा निर्वाचन हुने भएको छ । निर्वाचन अधिकृत कमलमोहन पोखरेलका अनुसार ६ ठाउँबाट उम्मेदवारी मनोनयन दर्ता भएको र ती ठाउँमा नै निर्वाचन हुनेछ ।
क्षेत्र नम्बर १ (क) का निर्वाचन अधिकृत प्रदीप वाग्लेका अनुसार ५७ जनाले उम्मेदवार मनोनयन दर्ता गरेका छन् । खैरहनी ९ मा रहेको पुन समाजको भवनमा निर्वाचन हुने भएको छ । १ (ख) मा निर्वाचन अधिकृत शिवराज अधिकारीका अनुसार ६७ जनाले उम्मेदवार मनोनयन दर्ता गरेका छन् । होटल सेभेन स्टार रत्ननगरमा निर्वाचन हुने भएको छ ।
प्रदेश २ (क) का निर्वाचन अधिकृत सुशील घिमिरेका अनुसार ४९ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । उद्योग वाणिज्य संघ चितवनमा मनोनयन दर्ता गरेका हुन्, सोही ठाउँमा आज निर्वाचन हुँदैछ । २ (ख) का निर्वाचन अधिकृत मुनाविक्रम खातीका अनुसार ५७ जनाले उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।
३ (क) का निर्वाचन अधिकृत हरिहर दवाडीका अनुसार ७० जनाले उम्मेदवार मनोनयन दर्ता गरेका छन् । शहीद स्मृति कलेज शारदानगरमा निर्वाचन हुँदैछ । ३ (ख) का निर्वाचन अधिकृत खगराज कँडेलका अनुसार ३७ उम्मेदवारी मनोनयन दर्ता गरेका र सत्कार पार्टी प्यालेस पार्वतीपुरमा निर्वाचन हुँदैछ ।
जिल्लाको ६ स्थानमा हुने यो निर्वाचनबाट एक सभापतिसहित ७ जना पदाधिकारी निर्वाचित हुनेछन् । कुल २५ सदस्यीय कार्यसमिति बन्नेछ । संघीय निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ६ गते हुनेछ । मंसिर १० मा जिल्ला अधिवेशन हुँदैछ।

